१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालगञ्जमा अत्यधिक गर्मीका कारण बालबालिका बिरामी


962
Shares

काठमाडौं । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् ।

भेरी अस्पतालका बालरोग विशेषज्ञहरुले रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका हुन् ।

अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको संख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेका छन् ।

तीमध्ये कम्तिमा चारदेखि पाँच बिरामी बालबालिका अस्पतालमा भर्ना हुने गरेका छन् ।

विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञहरुको भनाइ छ । मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्न र खाना खानुभन्दा अघि राम्ररी हात धुन सुझाव दिएका छन् ।