
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारि थुनछेक बहसमा बुधबारबाट प्रतिवादीहरुका कानून व्यवसायीको बहस सुरु भएको छ । काठमाडांै जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भईरहेको बहसमा प्रतिवादीका कानून व्यवसायीले आरोपितको बचाउ गरेका छन् । प्रतिवादीका कानून व्यवसायीले प्रहरीको अनुसन्धान र अभियोगपत्रमाथि प्रश्न उठाएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसमा प्रतिवादी केशव दुलालका कानून व्यवसायीहरुले दुलालमाथिको अरोप पुष्टि नहुने दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाईएका दुलाल आफंै पीडित भएको उनीहरुको दाबी छ । दुलालका कानून व्यवसायी विकास भट्टराईले दुलाल ठगीमा संलग्न रहेको आरोप नै गलत भएको दाबी गर्नुभयो ।
यस्तै, अधिवक्ता विश्वास आचार्यले दुलालले जाहेरवाला गजेन्द्र बुढाथोकीसहितका जाहरेवालासँग पैसा लिएको भन्ने पुष्टि गर्ने कुनै पनि आधार नभएको तर्क गर्नुभयो । दूलालकै तर्फबाट बहस गने अर्र्का अधिवक्ता योगेन्द्र अधिकारीले दुलाल आफैं भुटानी शरणार्थी बनेर अमेरीका जान खोज्दा आफै ठगीएको भन्दै दूलाल आफै पीडित भएको बताउनुभयो । उहाँले प्रहरीको अनुसन्धान र सरकारी वकीलले दायर गरेको अभियोग पत्रमाथि नै प्रश्न उठाउँदै दुलालविरुद्ध ठगी, सरकारी लिखत किर्ते, सङ्गठीत अपराधविरुद्धको मुद्दा नभई नक्कली शरणार्थी बनेर अमेरीका जान खोजेको कसुरमा मुद्दा चलाउन आग्रह गर्नुभयो । प्रतिवादी दुलाल आफैं क्यान्सरपीडित श्रीमतीको उपचार गराइरहेका मान्छे भएकाले यस्तो कसुरमा संलग्न हुन नसक्ने दाबी अर्का अधिवक्ता नरबहादुर योगीको छ ।
दुलालकै प्रतिरक्षमा बहस गर्ने अर्का अधिवक्ता राजन भट्टराईले मुद्दाको पक्षले गरको बहस सुन्नलाई रमाईलो भएपनि अभियोग पुष्टि हुने कुनै पनि प्रमाण पेस गर्न नसकेको जीकीर गर्नुभयो । उहाँले प्रतिवादी दूलाललाई साधारण तारेखमा वा सामान्य धरौटीमा रिहा गर्न माग गर्नुभयो ।
अर्का प्रतिवादी सानु भण्डारीको प्रतिरक्षमा बहसक गर्दै अधिवक्ता विनोद शर्माले देश विदेशमा समेत यो मुद्धा हेरीरहेकोले प्रतिवादीलाई थुनामा राख्नु पर्छ भन्ने सरकारी वकीलको बहसलाई खण्डन गर्दै देश विदेशले यो मुद्दा हेरेकै आधारमा थुनामा पठाउने आदेश गर्न नमिल्ने दलिल पेश गर्नुभयो । अधिवक्ता शर्माले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै प्रतिवादी भण्डारीले बिना प्रमाण पैसा लिएको भन्ने मनगणन्ते काहानी सुनाएको भन्दै यसमा गम्भीर भएर अदालतले नै हेर्नुपर्ने जीकिर गर्नुभयो ।
यस्तै, सानु भण्डारी र टंक मोक्तानको तर्फबाट बहस गर्नुभएका वरिठ अधिवक्ता शिव प्रसाद रिमालले सरकारी वकीलले दायर गरेको अभियोगपत्रमा भएका भाषा र शब्द माथि नै प्रश्न गर्नुभयो । अभियोग पत्र नियतवस आएको दाबी गर्दै प्रतिवादीलाई थुन्नकै लागि सङ्ठीत अपराधमा मुद्धा चलाएको दाबी वरिष्ठ अधिवक्ता रिमालको छ । बुधबार प्रतिवादी केशव दुलालको तर्फबाट ६ जनाले बहस गरेका छन् । यस्तै, सानु भण्डारी र टंक गुरुङको तर्फबाट ७ जना वकिलले बहस गरेका छन् । बिहीबार पनि इजलासमा प्रतिवादी तर्फकै कानून व्यवसायीहरुले बहस गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्