१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा बैठक आज पनि बस्ने


130
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दै छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । आजको बैठकमा पनि बजेटमाथिको छलफलले निरन्तरता पाउनेछ ।

गत सोमबारबाट सुरु बजेटमाथिको छलफलले बिहीबार पनि निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् ।

विपक्षी सांसदहरूले बजेटको आलोचना गर्दै आएका छन् भने सत्तापक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। सरकारले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरेको थियो ।