८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु


325
Shares

काठमाडौं । स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्वतबाट स्याङ्जातर्फ आउँदै गरेको हाइलक्स जीप बुधबार साँझ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक वालिङ नगरपालिका–४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको पनि प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो ।