
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बिहीबार बाट सुरु हुने भएको छ ।
बैठक भक्तपुरको लोकन्थलीमा बिहान ११ बजेदेखि बस्न लागेको हो ।
बिहीबार र शुक्रबार २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने छ ।
बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदनमा पेस गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेछन्।
प्रतिक्रिया दिनुहोस्