
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिको आयोजना र केन्द्रिय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरण ः सेवामा सबलीकरण’ भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो । संगठनका अध्यक्ष लेखनाथ कोईरालाले भेलामा देशभरबाट करिव ५ सय प्रतिनिधिहरुको उपस्थिति हुने बताउनु भयो । भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरु समेतको उपस्थिति हुने उहाँको भनाई छ ।
कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरुको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावि लक्ष्यसहित विभिन्न पक्षहरुमा छलफल तथा वहस हुने जनाइएको छ । भेलामा श्रींलका, बंगलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरु पनि आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्