
काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन् ।
विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमअनुरूप १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन् ।
गाउँ कार्यपालिकाले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागू भएको थियो । विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा आएपछि सिफारिस उपलब्ध गराउने कपुरकोट गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकाभित्र बालविवाहलाई रोक्ने उद्देश्यले उमेर पुगेर विवाह गर्दा पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाभरीबाट १३ जोडीले विवाहको सिफारिस लिएको र छ वटा बालविवाह रोकिएको वडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्