३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल आयोजना हुँदै


65
Shares

काठमाडौं । पोखरामा आयोजना हुने नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तीव्र पारिएको छ ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिका लगायत विभिन्नसंघ संस्थाको समन्वयमा आगामी असार ८ र ९ गते फेस्टिभल आयोजना हुने बताइएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देशको सम्बन्ध थप मजबुद हुने बताउनुभयो ।

उहाँले वोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आएको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एशिया मै पहिलो भएको बताउनु भयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने बताउनुभयो ।