१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक


78
Shares

कैलाली । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरेर सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीलाई समेटेर मनोनयन सार्वजनिक गरेको जनाएको छ ।

यसअघि सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । अवार्डको सारथी अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् ।

यस्तै, निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तलनका हेमन्त पाल, क्रिकेटका अनु कठायत र हेमन्त धामी मनोनयनमा परेका छन् । यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

यसमा सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् भने सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविना कुँवर मनोनयनमा परेकी छन् ।