
काठमाडौं । म्यानमारमा जारी एफसी महिला यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार व्येहोरेको छ ।
नेपाली टोली बिहीबार भएको खेलमा चीनसँग ५-० ले पराजित भएको हो ।
पहिलो हाफमै चार गोल गरेको चीनले दोस्रो हाफमा एक गोल थप्यो । नेपाल मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५-० ले नै पराजित भएको थियो ।
नेपालले शनिबारको अन्तिम खेलमा चिनिया ताइपेइविरुद्ध खेल्ने छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको थियो ।
यस छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्ने छ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्