
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आँखा बैंकअन्तर्गत हाल १२ हजार दृष्टिविहीनले आँखाको नानी प्राप्त गरेको जनाएको छ ।
प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गरेर नेपालमा दृष्टिविहीनको संख्या अत्यधिक भएकाले नानी प्रत्यारोपणका लागि सयौंको संख्यामा प्रतिक्षामा रहेको जनाएको छ ।
त्यसैगरी मृत्यु पश्चात आँखाको नानी दान गर्न चाहनेको संख्या करिब १ लाख पुगेको प्रतिष्ठानको भनाइ छ । आँखा बैंकका म्यानेजर शंखनारायण त्वाएनाले प्रतिष्ठानले विभिन्न अस्पतालमा मृत्यु भएकाहरुका आफन्तसँग कुरा गरेर आँखाको नानी दानको हिल गरीरहेको बताउनुभयो ।
प्रतिष्ठानले हरेक वर्ष जस्तै आँखाको नानी दान गर्ने दिवंगतहरुको सम्मानमा आगामी शनिबार श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्