७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता जाहेरी नै अवैध भएको वरिष्ठ अधिवक्ता श्रेष्ठको दाबी


91
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता भएको जाहेरी नै अवैध भएको दाबी गर्नुभएको छ ।

प्रतिवादी सानु भण्डारीको तर्फबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले यो प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने दाबी गर्दै अवैध ढङ्गले आएको जाहेरी अदालतले ग्रहण गरेर अघि बढ्न नहुने जिकिर गर्नुभयो ।

नेपालीलाई भुटानी र भुटानीलाई नेपाली बनाउने कुनै पनि कानूनीव्यव्स्था नभएको जिकिर गर्दै गैरकानुनी उद्देश्यले रकम लेनदेन भएकाले जाहेरी नै दर्ता हुन नसक्ने दाबी वरिष्ठ अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

काठमाडांै जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल ईजलासमा भईरहेको थुनछेक बहसका क्रममा कानुनले नै निषेध गरेको विषयमा अदालतबाट बिगोदाबी भराई पाउँ भनेर मुद्दा दर्ता गर्न पाउने की नपाउने भन्दै प्रश्न गर्नुभयो । प्रतिवादी सानु भण्डारीलाई थुनामा राख्दा र छोड्दा राज्यलाई के हुन्छ भन्ने प्रश्न वरिष्ठ अधिवक्ता श्रेष्ठको छ । मुद्दाका प्रतिवादी टंक गुरुङको पक्षमा समेत बहस गर्नुभएका श्रेष्ठले दुबै प्रतिवादीलाई साधारण तारेखमा राखि पुर्पक्ष गर्न माग गर्नुभयो । यस्तै, सानु भण्डारीको डायरीको पनि आधिकारिकता जाँच हुनुपर्ने माग वरिष्ठ अधिवक्ता श्रेष्ठको छ ।

यस्तै, अर्का प्रतिबादी सागर राईको तर्फकाट बहस गर्ने कानून व्यवसायीले अनुसन्धान नै निस्पक्ष नभएको दाबी गरेका छन् । प्रतिवादी राईको पक्षमा वकालत गर्नुभएका वरिष्ठ अधिवक्ता विनोद कार्कीले अभियोजन निस्पक्ष अनुसनधानबाट आएका नभई फरक ढङ्गबाट आएको दाबी गर्नुभयो । उहाँले भित्र बयान चलिरहँदा बाहिर सञ्चार माध्यमले कुन कुन कसुरमा मुद्दा हाल्न सक्ने भन्दै लेखिसकेको जीकीर गर्दै दवावमा परेर त्यही कसुरमा जाहेरी दर्ता भएको दाबी वरिष्ठ अधिवक्ता कार्कीको छ ।

अर्का प्रतिवादी सन्देश शर्माको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रहित विरुद्धको कसुरमा मुद्दा चलाएर आफ्नो पक्षको अपमान भएको जीकीर गरेका छन् । प्रतिवादी सन्देश शर्मा यो प्रकरणमा दोषी नभएको दाबी गर्दै आफू नै पीडित भएको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

इन्द्रजित राईको तर्फबाट बहस गरेका अधिवक्ताहरुले स्वास्थ्यका कारण पनि राईलाई लामो समय हिरासत वा थुनामा राख्न नमिल्ने तर्क गरेका थिए । राईमाथि बाहिरै राखेर पुपक्र्ष हुनुपर्ने उनीहरुको माग छ ।