
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
शुक्रबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् ।
बजेटमाथि शुक्रबार पनि सांसदहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्