
काठमाडौं । बजेटबारे छलफल भईरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सम्वन्धीत मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गर्नुभएको थियो ।
त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताउनुभएको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो ।
प्रतिक्रिया दिनुहोस्