२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्छ : सांसद सापकोटा


143
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्ने बताउनुभएको छ ।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्शा आफ्नो नयाँ संसदमा राखेर गम्भिर गल्ती गरेको समेत बताउनुभयो । भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उहाँको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताउनुभयो ।

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नुभएको पनि दोहो¥याउनुभयो ।