११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहालले भारत भ्रमणमा राँगासँग नदी साटेर आउनुभयो : अध्यक्ष ओली


533
Shares

स्याङ्जा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा राँगासँग दुई वटा नदी साटेको आरोप लगाउनुभएको छ ।

शुक्रबार स्याङ्जामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालले नै सम्पन्न गर्न सक्ने आयोजना भारतलाई जिम्मा दिनु जायज नभएको तर्क गर्नुभयो ।

नेपालको सबै विकास एमालेले गरेको र अब पनि नेकपा एमाले बाहेकका कुनै पनि दलले गर्न नसक्ने उहाँको ठोकुवा थियो ।