१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजनमा बढुवा भएकै वर्ष ‘बी’ डिभिजनमा झर्‍यो खुमलटार


1.274k
Shares

काठमाडौं । गत सिजन ए डिभिजनमा बढुवा भएका चर्च ब्वाइज युनाइटेड क्लब शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बन्दा एफसी खुमलटार भने बी डिभिजनमा झरेको छ ।

यसै सिजन ए डिभिजन खेलेको खुमलटार शहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेडसँग २-० ले पराजित हुँदै फेरि बी डिभिजनमा नै झरेको हो ।

चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले एक एक गोल गरे । जितसँगै चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो ।

सिजनको आफ्नो अन्तिम खेलमा भने फ्रेन्ड्स क्लबले एपीएफ क्लबमाथि ४-० को जित निकालेको छ । जितसँगै फ्रेन्ड्स रेलिगेसनबाट जोगिएको छ । जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा उक्लिएको छ । एपीएफले २६ खेलमा ३० अंक जोडेको छ । एपीएफ १३ औं स्थानमा झरेको छ । एपीएफको रेलिगेसन जोखिम कायम छ ।

लिगको अन्तिम खेलमा भने नेपाल पुलिस क्लबले जित निकालेको छ । च्यासल मैदानमा पुलिसले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । जितसँगै पुलिसले लिगको सुखद अन्त्य गरेको छ । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।