
दाङ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रदेश प्रमुखले प्रस्तुत गरेको नीतिमा रोजागरीलाई प्रथामिकतामा राखिएको छ । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई सीपमूलक तालिम दिई रोजगारी सिर्जना गर्ने, पढ्दै कमाउदै, कमाउदै पढ्दै कार्यक्रममा अन्तर्गत दुई बर्षमा दुई लाख रोजागरी सिर्जना गर्ने नीति कार्यक्रममा छ ।
वेरोजगारको विवरण संकलन गरी उद्यमशिलतासँग जोड्दै रोजगारी प्रदान गर्ने, मुक्त कमैया, भूमिहीन, मुसहर, बादी र चिडीमार जस्ता समुदायका एक हजार परिवारलाई कृषि तथा पशुपालनमा जोडेर आयआर्जनमा जोड्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, प्रदेशका १२ वटा जिल्लामा जुडिवुटीको पकेट क्षेत्रका दुई सय हेक्टरमा खेती गर्ने, कृषिजन्य स्थानीय उत्पादनलाई ब्राण्डीङ तथा बजारीकरण गर्ने पनि नीति तथा कार्यक्रममा छ । प्रदेशमा माछाको उत्पादन वृद्धि गर्न ३५ हेक्टर क्षेत्रफलमा कृत्रिम जलाशय विस्तार, प्रदेशका १२ जिल्लामा साना सिंचाइ आयोजना मार्फत ३ सय हेक्टर सिंचित क्षेत्र विस्तार उत्पादन बढाउँने नीति कार्यक्रममा उल्लेख छ ।
प्रदेश गौरवको आयोजना पाल्पाको रामपुर देखि रोल्पाको जिनाबाङ लगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण तथा स्तरोन्नति गर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमा चार्जिङ्ग स्टेशन निर्माण गर्ने नीति प्रदेश सरकारले ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्