१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयोः शेखर कोइराला


520
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु भएको छ ।

दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनुभयो ।

निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उहाँको तर्क थियो । नतो कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहोर्याउनुभयो ।

नेता कोइरालाले काँग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उहाँले बताउनुभयो ।