२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

बैठक जसपाको पार्टी कार्यालय बालकुमारीमा सुरु भएको हाे । बैठकमा विधान अधिवेशनमाथि छलफल बताइएको छ ।

विधान अधिवेशनको तयारीसँगै बैठकमा विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ । जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ ।

यसअघिको केन्द्रीय समिति बैठकले विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।