१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशीलाई नेपाली नागरिकता दिएकाे भन्दै बारामा जनप्रतिनिधिविरुद्ध उजुरी


10.998k
Shares

बारा । बाराका जनप्रतिनिधिहरुले आर्थिक लेनदेनमा विदेशी नागरिकलाई नेपाली नागरिकता दिन सनाखत र सिफारीस बिक्री गर्ने गरेको दर्जनौ उजुरी जिल्ला प्रशासन परेको छ ।

भारतको सिक्किम, दार्जेलिङ, बिहार, बर्मा र पाकिस्तानका गैरनागरिकलाई सनाखत गर्न प्रति सिफारीस बापत जनप्रतिनिधिले ३ देखि २५ लाखसम्म लिने गरेको भन्दै जिल्ला प्रशासन कलैयामा दर्जनौ उजुरी परेको हो ।

चालु आर्थिक वर्षमा परेको गैरकानुनी सनाखत र सिफारीसका ३३ उजुरीमध्ये जितपुर सिमरा उपमहानगरको ७, १२, १५, र २० नम्बर बडा रहेका छन् भने कलैया उपमहानगरको १, २, ३, १०, १२, १६, २०, र २६ नम्बर वडाविरुद्ध उजुरी परेको छ ।

विदेशी नागरिकलाई सिफारीस गर्ने कलैया उपमहानगर १० का वडाध्यक्ष महम्मद साविर मिया अन्सारीलाई केही दिनअघि पक्राउ गरी अदालत पेश गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

सिम्रैणगढ नगरपालीको ३ र ७ आर्दशकोतवाल गाउँपालिकाको १ र ५ सुर्वण गाउँपालिकाको ८ र ३ महागढिमाई नगरपालिकाको ६, ७, र १० नम्बर वडा रहेका छन् ।

निजगढ नगरपालिकाको ७ फेटा गाउँपालिकाको ३, र बारागढी गाउँपालिका ६ नम्बर वडाको सिफारीसविरुद्ध परेको उजुरीमा अनुसन्धनान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।