१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङजामा जेसीबीको ठक्करबाट पूर्व अध्यक्षको मृत्यु


1.547k
Shares

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्व वडा अध्यक्षको जेसीबीको ठक्करबाट मृत्यु भएको छ ।

जोगिमारामा काम गरिरहेको जेसिवि अनियन्त्रित भई ५३ वर्षीय विष्णु बस्याल क्षेत्रीको मृत्यु भएको हो ।

गल्याङ नगरपालिका ५ जोगिमारास्थित सडकमा काम भइरहेको समयमा जेसिबीले ट्याक्टरमा ठक्कर दिँदा ट्याक्टरमा च्यापिएर क्षेत्री दुर्घटनामा परेका थिए ।

गिट्टी लोड गर्ने क्रममा जेसिबी टेकाउने स्टेन चिप्लिन गई ट्याक्ट्ररको पछाडी बसिरहेको अवस्थामा च्यापिएर श्रेत्री गम्भीर घाइते भएका थिए । उपचारको क्रममा क्षेत्रीको मृत्यु भएको हो ।

प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरीरहेको छ ।