
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै प्यूठानका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् ।
सामुदायिक विद्यालयका सहयोगी र लेखापालको दरबन्दी र तलब वृद्धि नगरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सामुदायिक विद्यालयका कर्मचारीलाई सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।
सरकारले बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारीले जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिइरहेका छन् ।
विद्यालय कर्मचारी सहायक लेखापालका लागि ३६ हजार ७ सय ३० रुपैयाँ, विद्यालय सहयोगीका लागि २६ हजार २ सय १० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
कर्मचारी आन्दोलित हुँदा पठनपाठन अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्