२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


देशभर १९ जना कोरोनाका सक्रिय संक्रमित


78
Shares

काठमाडौं । देशभर थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५४ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार २ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् भने योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।