
काठमाडौं । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ ।
कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास र उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो ।
कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिकाबीच यस्तो समझदारी बनेको हो ।
१० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले धनगढीमा एक कार्यक्रम गरी समझदारी पत्रमा हस्ताक्षर गर्दै दोदा जलाधार क्षेत्रमा विपद जोखिम न्यूनीकरणसँग सम्बन्धीत काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्