
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको हो ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरु सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले कार्यक्रमको महत्वनै कम हुने गरी भाषण नगर्ने भन्दै संक्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँक्रीहरु पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्