
एजेन्सी । सोमालियनको राजधानी मुगादिसुको एक होटलमा भएको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार समुद्रको किनारमा रहेको पर्ल बिच होटलमा अल शबाब लडाकूहरुले आक्रमण गर्दा मानिसहरु मारिएका हन् ।
विद्रोहीको आक्रमणसँगै सरकारी सेनाले रातको समयमा करिब ६ घण्टाको प्रयासपछि मात्र होटलमा रहेका अन्य पाहुनको उद्दार गरेको थियो ।
सो क्रममा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ । सरकारी सुरक्षाकर्मीसँगको दोहोरो गोली हानाहानमा मारिएकाहरु विद्रोही भएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।
पर्ल बिच होटल सरकारी अधिकारीहरुबीच लोकप्रिय मानिन्छ । एक दशक भन्दा लामो समयदेखि सरकारविरुद्ध सशस्त्र संघर्ष गरीरहेका विद्रोही समूहले बेला बेला सरकारी अधिकारीहरुमाथि निशाना बनाउँदै आएका छन् ।
सोही होटलमा विद्रोहीको आक्रमणबाट केही दिनअघि मात्र अफ्रिकी संघको शान्ति स्थापनार्थ खटिएका दर्जनौ युगाण्डाका सैनिक मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्