
काठमाडौं । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी इगा सिवाटेकले जितेकी छिन् ।
पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।
जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरता दिइन् । मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा जितिन् ।
फ्रेन्च ओपन टेनिसको पुरुषतर्फको फाइलन खेल आइतबार हुँदैछ । उपाधिका लागि सर्वियन खेलाडी नोभाक जोकोभिच र क्यानाडाका क्यास्पर रुड भिड्नेछन् । यो खेल जितेको खण्डमा जोकोभिचले विश्व टेनिसमा सर्वाधिक २३ ग्राण्डस्लाम जित्ने किर्तीमान बनाउनेछन् ।
अहिले जोकोभिच र रफाइल नदालको संयुक्त नाममा २२ ग्राण्डस्लामको किर्तीमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्