
web pic
काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली हानि नियन्त्रणमा लिइएको हो ।
प्रहरीको गोलीबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको जोशीले जानकारी दिनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्