
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको खदर्शन गरेको टिप्पणी गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरुलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गर्नुभएको बताउनु भयो ।
उहाँले कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताउनु भयो । उहाँले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताउनु भयो ।
अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पार्नुभयो । उहाँले हिन्दु राष्ट्र देशको लागि आवश्यक कुरा भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्