२२ फाल्गुन २०८१, बिहिबार | Fri Mar 7 2025


एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरी खतिवडा


559
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताउनुभयो ।

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरी पनि कुरा उठाउने बताउनुभयो ।

सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताउनुभयो ।