
काठमाडौं । दाङको राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीका धारा जडान गर्न सुरु गरेको छ ।
वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिकालाई स्थानीयले पनि श्रमदानगरी साथ दिएका छन् ।
दुर्गम वडाको रुपमा चिनिने देवीकोटमा मुस्लिम समुदायको गाउँ छ । यहाँका ४३ घरधुरीमा पानीको अभाव छ । सुक्खायाममा पानीका स्रोत सुक्ने हुँदा झण्डै दुई घण्टा पैदल दुरीमा रहेको जरुवाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता छ ।
यसअघि ट्याक्टर मार्फत् पानी ल्याएर मुस्लिम टोलमा पानीको अभाव टार्ने गरिएको थियो । खानेपानीको सुविधाका लागि पालिकाले आर्थिक वर्ष २०७९/८० मा पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्