१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


प्युठानमा ८ जना सवार गाडी दुर्घटना


3.185k
Shares


काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा मन्दिर दर्शन गरेर फर्किदै गरेको गाडी दुर्घटनामा परेको छ ।

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बर को सो गाडीमा ८ जना सवार रहेका थिए । गाडीमा सवार सबैजना दाङका रहेका प्रहरीले जनाएको छ । जसमा लमही ५ का २ महिला २ जना पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिंदै गरेको प्रहरीले जनाएको छ ।