२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वर्गद्वारीबाट दाङ फर्कर्दै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


29.315k
Shares

प्युठान । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको जिप प्यूठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको लमहीबाट स्वर्गद्वारी मन्दिरको दर्शन गर्न गएका थिए । जिपमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।