
काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद समक्ष प्रस्तुत गर्नुभएको हो ।
सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिनुभएको थियो । तर, उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्