
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट १ हजार ३ सयले सेवा लिएका छन् ।
दुर्गम क्षेत्रका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई लक्षित गरी आयोजना गरेको निःशुल्क आँखा शिविरबाट उनीहरुले सेवा लिएका हुन् ।
उपचारबाट वञ्चीत भएका उनीहरुलाई गाउँपालिकाले घरदैलोमै शिविर आयोजना गरी सेवा प्रवाह गरेको हो । झण्डै साढे १२ सयले आखाँको सामान्य उपचार र ५४ जनाको आँखाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योती संघ, आँखा तथा नाक,कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो ।
शिविरबाट गाउँपालिका भरीका गरिव तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुगेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्