
काठमाडौं । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेशसभाको मंगलबारको बैठकले प्रदेश प्रमुख देवराज जोशीले जेठ २४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको अर्को बैठक जेठ ३२ गते बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्