
धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटामा असार २ गते एकदिने वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ ।
बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहने छन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्