७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


२३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने


0
Shares

ताप्लेजुङ, असार ५ । ताप्लेजुङमा यो वर्ष २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने भएको छ ।

जिल्ला वन कार्यालयको जडिबुटी विकास कार्यक्रम मार्फत जिल्लाका २१ किसानको नीजि वनमा लौठ सल्ला रोप्न लागिएको जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

अहिले छनोट भएका २१ कृषकसँग सम्झौताको काम भइरहेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए । जडिबुटी विकास कार्यक्रमअन्तर्गत विनियोजित १२ लाख ३५ हजार रुपैयाँबाट लौठ सल्लाको विरुवा खरिद गरी किसानलाई वितरण गुर्नका साथै प्राविधिक सहयोगसमेत उपलब्ध गराइने घिमिरेको भनाइ छ ।

प्रतिहेक्टर क्षेत्रफलमा ६ सय ५६ विरुवा रोपिने छ भने यसका लागि जिल्ला बाहिरबाट विरुवा खरिदको तयारी भएको छ । लौठ सल्लाको बिरुवाले जैविक विविधताको संरक्षण हुनुका साथै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास कार्यालयको छ ।