१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकताको माग गर्दै एक युवकले माईतीघरमा गरे आत्मदाहको प्रयास


1.365k
Shares

काठमाडौं । नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलबार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै ति युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो ।

सोही क्रममा एक युवकले मंगलबार आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् ।

आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको विरोध भएको छ । उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।

आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।