
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छन् ।
फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् ।
इजरायली क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ ।
सावित्रा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् । सावित्राले हालै भारतको इन्डियन वुमन्स लिग खेलेकी थिइन् । सावित्रा आवद्ध गोकुलम केरेलाले उपाधि जितेको थियो ।
सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्