
काठमाडौं । म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिक जनाएको छ । । सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । यसअघि जेठ ६ गते रातिको बाढीले तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो ।
ह्युमपाइप राखेर अस्थायी संरचना बनाइएपनि मंगलबार रातीको बाढीले ह्युमपाइप बगाउनुका साथै सडक समेत कटान गरेपछि समस्या बढेको छ ।
बेनी–जोमसोम सडकखण्डमा अहिले स्तरोन्नतिको काम भईरहेको छ । सडक अवरुद्ध हटाउनका लागि बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्