
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुग्नु भएको छ ।
पेटको समस्याको उपचारका लागि उहाँ मंगलबार राती सिंगापुर जानु भएको हो ।
देउवाको साथमा पत्नी आरजु राणा पनि सिंगापुर जानु भएको देउवाको सचिवालयले जनाएको छ । फलोअप उपचारका लागि जानुपर्ने भएकाले देउवा सिंगापुर जानुभएकाे सचिवालयले जनाएको छ ।
देउवा सिंगापुरमा एक साता रहने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्