
काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकताविहीनलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयककाविरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्