२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने रामकुमार शर्माको घोषणा


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहनुभएका उहाँले नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्व सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिनुभएको हो ।

नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्व नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदातले गर्नुपर्ने उहाँको माग छ । उहाँले नागरिकता प्रदान गर्ने आदेश अविलम्व नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिनुभयो ।

नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्षभित्र संघीय संसदबाट कानून बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उहाँले बताउनुभयो ।

नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बाहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आईरहेको उनले आरोप लगाउनुभयो ।

शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताउनुभयो ।