
सिन्धुली । सिन्धुलीको सोखुखोलामा निर्माणाधिन पुल नबन्दा यातायात अवरुद्ध भएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको सोखुखोलामा पुल निर्माण सम्पन्न नहुँदा खोलामा पानीको सतह बढेपछि यातायातका साधनहरु अवरुद्ध भएका हुन् ।
पुल निर्माणको ठेक्का पाएको आत्रेय निर्माण सेवाले पुल निर्माण कार्य समयमै सम्पन्न नगरेका कारण विगत दश वर्षदेखि सोखुखोलामा वर्षायाममा यातायातका साधनहरु खोेलाले बगाउने समेत गरेको छ ।
फिक्कल गाउँपालिका–६ सोखुखोलामा पुल निर्माण कार्य सम्पन्न नहुँदा हरेक वर्षामा सवारी आवागमन बन्द हुने भएकाले स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएपनि सुनवाइ नभएको बताएका छन् ।
सोखुखोलामा यसवर्ष वर्षायाम सुरु भएसँगै बाढी आएका कारण ओखलढुंगा, खोटाङ र उदयपुरबाट राजधानी काठमाडौंलगायतका स्थानमा जाने सवारी साधनहरु अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका हुन् । सोखुखोलामा यात्रु तथा साना गाडीलाई तार्ने कार्यमा स्थानीयले सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्