
काठमाडौं । आगामी असार ४ गतेबाट तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा असार ९ गतेसम्म फुटबल प्रतियोगिता गर्ने भएको हो ।
बुधबार सुनसरीको इटहरीमा बोर्ड पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहने छ ।
ओखलढुंगामा पहिलो पटक हुन लागेको प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा पाउने छ ।
प्रतिक्रिया दिनुहोस्