
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन बुधबार रातीदेखि अन्त्य गरिएको छ ।
अल्पमतमा परेको सरकारले अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गराएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन गए राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो ।
माओवादीलगायतका दलहरु समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मूख्यमन्त्री हिक्मत कार्कीले बुधबार दिउँसो मन्त्रिपरिषद बैठकबाट चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।
बुधबार नै प्रदेश प्रमुख खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नुभएको थियो । सरकारले पेश गरेको नीति तथा कार्यक्रम सदनबाट पारित हुने अवस्था थिएन ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार अध्यादेशबाट बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्