
काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो को मृत्यु भएको हो ।
बुधबार दिउँसो बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोलमा राख्न खाल्टो खन्ने क्रममा खन्तीले तारलाई छुँदा खर्कबहादुर र पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्