
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनौट खेलको अभ्यास अन्तर्गत बिहीबार नेपाल र ओमन भिड्ने भएका छन् ।
जिम्बावेको राजधानी हरारेमा बिहीबार दिउँसो पौने एक बजेबाट खेल सुुरु हुनेछ । नेपाल र ओमनबीचको पहिलो अभ्यास खेल भएकाले दुवै टोली जीत निकाल्न चाहन्छन् ।
युएईसँगसँगको खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो भने ओमन घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो । जिम्बावे जानु अघि नेपालले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेलेकोमा नेपाल दुवैमा पराजित भएको थियो ।
विश्वकप छनोटको पहिलो खेल अन्तर्गत नेपालले आगामी आईतबार जिम्बासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्